महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा धनगढी जाँदै

महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा धनगढी जाँदै


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जाँदै छन् । सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा आज धनगढी जान लागेका हुन्। दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।