देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री


ग्लोब नेपाल
54
Shares

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर चिसो बढेको छ । तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । आज शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.५ डिग्री मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकतम तापक्रम भने १९ डिग्री छ ।

मौसमविद्हरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । तर, मध्यान्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईमा लागेको हुस्सु अब बिस्तारै पहाडी जिल्लामा बढ्दै जानेछ । पानी पर्‍यो भने पनि जाडो बढ्छ । तर, अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद्हरू बताउँछन् ।