काठमाडौँ । टर्कीले नेपालको संघिय राजधानी काठमाडौँमा राजदूतावास स्थापना गर्ने भएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो भएको टेलिफोन वार्ता राजदुतावास स्थापना र्गो सहमती भएको हो । उनीहरूबीच भएको वार्तामा निकट भविष्यमा काठमाडौँमा टर्कीको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया