बाग्लुङ गलकोटका बस्नेत जापानमा मृत भेटिए

बाग्लुङ गलकोटका बस्नेत जापानमा मृत भेटिए


ग्लोब नेपाल
54
Shares

टोकियो । जापानमा एक नेपाली पुरुष यहाँको पार्कमा मृत अवस्थामा फेला परेका छन् । जापानसमाचारका अनुसार अनुसार राजधानी टोकियो नजिक खानागावा प्रान्त योकोहामा शहरको पार्कमा उनी मृत भेटिएका हुन् ।

शनिवार बिहान प्रहरीले जानकारी पाएपछि शव फेला परेको र हाल उनको शव प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । मृतक बस्नेत थरका हुन् । उनको स्थाईघर बाग्लुङ गलकोट हो । हालसम्म मृत्युको आधिकारिक कारण पुष्टि हुन नसकेपनि उनले आफैंले आफ्नै ज्यान लिएको आसंका गरिएको छ।