समानुपातिकको त्रुटि सच्याउन दलहरुलाई भोलि अपराह्न ४ बजेसम्मको समय

समानुपातिकको त्रुटि सच्याउन दलहरुलाई भोलि अपराह्न ४ बजेसम्मको समय


ग्लोब नेपाल
405
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई सोमबार अपरान्हसम्मको समय दिएको छ । त्रुटी गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि सोमबार अपरान्ह ४ बजेसम्मका लागि समय दिएको हो ।

निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभाअन्तर्गतका दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए ।

केही राजनीतिक दलहरुले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएकाले त्यसलाई सच्याएर आयोगमा पठाउनका लागि पत्राचार गरिएको बताए । उनले आयोगले दलहरुबाट त्रुटी सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने जानकारी दिए ।