फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरणका लागि सिफारिस

फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरणका लागि सिफारिस


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सरकारले फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कांग्रेसभित्रै समेत अध्यादेशको विरोध भइरहे पनि सरकारले अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । 

मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्यकताअनुसार अध्यादेश पास गर्न लागेको बताए । अहिले मुलुकले स्थायित्व, शान्ति र सम्मृद्धि चाहेको र सोही अनुसार सरकारले काम गरिरहेको बताए ।