कांग्रेसले गठन ग-यो संसदीय दल निर्वाचन समिति

कांग्रेसले गठन ग-यो संसदीय दल निर्वाचन समिति


ग्लोब नेपाल
5.7k
Shares

काठमाडौं । संसदीय दल निर्वाचन समिति गठन गर्दै नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । बैठकले सहमहामन्त्री भीष्म आङदाम्बेको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको हो । समितिको अन्य सदस्यहरुमा पुष्पा भुषाल र प्रकाश स्नेही रहेका छन् ।

निर्वाचन समितिले भोलि निर्वाचन मिति र तालिका घोषणा गर्ने बताइएको छ । सम्भवतः मंगलबार अथवा बुधबार कांग्रेसले संसदीय दलको नेता पाउनेछ ।