काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभामा चौथो दल बनेको रास्वपाको सोमबार बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने भएको हो ।
नवनिर्वाचित सांसदहरुलाई बधाई दिन बोलाइएको बैठकमा बधाई कार्यक्रमपछि बस्ने बैठकले दलको नेता चयन गर्ने रास्वपाले जनाएको छ ।
प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ गरी प्रतिनिधि सभामा २० सिट जितेको रास्वपाको दलको नेतामा पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता हुने निश्चित जस्तै भएको छ ।


प्रतिक्रिया