काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बाधाई दिने उदेश्यले आज जलपान कार्यक्रम आयोजना गरेको छ ।
निर्वाचन आयोग परिसर कान्तिपथमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको छ ।
कार्यक्रममा देशभरबाट प्रत्यक्ष तथा समानुपातिकबाट विजयी सांसदहरूको उपस्थिति रहेको छ।
प्रतिक्रिया