कांग्रेस संसदीय दलको नेतामा ६४ मत ल्याएर देउवा निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा ६४ मत ल्याएर देउवा निर्वाचित


ग्लोब नेपाल
2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले ६४ मत प्राप्त गरेका छन् भने गगनकुमार थापाकाे पक्षमा २५ मत परेकाे थियाे ।

प्रतिनिधि सभामा कांग्रेसका ८९ सांसद छन् । उनीहरु सबैले मतदान गरेका थिए । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान भएको थियाे ।