सगरमाथा इन्स्याेरेन्सद्वारा लाभांश घोषणा

सगरमाथा इन्स्याेरेन्सद्वारा लाभांश घोषणा


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सगरमाथा इन्स्याेरेन्सले १३.१५ प्रतिशतले लाभांश दिने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार १२.५० प्रतिशत बोनस सेयर र चुक्ता पुँजी अर्थात् कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
 

साथै, लाभांश वितरणका लागी सिफारिस गरीएको प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय नेपाल बिमा प्रधिकरणमा पठाइने र उक्त समितिबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा मात्र सो लाभांश वितरण हुनेछ ।