नेकपा विभाजनपछि पहिलो पटक बालकोट पुगे प्रचण्ड

नेकपा विभाजनपछि पहिलो पटक बालकोट पुगे प्रचण्ड

बालकोटमा चार दलको बैठक सुरु


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । नेकपा विभाजनपछि पहिलो पटक प्रचण्ड पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् । त्यसका लागि हालको सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि उनी एमालेसँग सहकार्यका लागि बालकोट गएका माओवादी निकट स्रोतले जनाएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग छलफलका लागि पुगेका छन् । ओलीको निवासमा चार दलबीच छलफल सुरु भएको बुझिएकाे छ ।