सरकारमा सहभागी हुने राप्रपा र रास्वपाको निर्णय

सरकारमा सहभागी हुने राप्रपा र रास्वपाको निर्णय


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए । 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मुकुल ढकालले रास्वपा पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ ।