काठमाडौं । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आजै नियुक्त गर्ने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीका लागि सात दिनभित्र दावी पेस गर्न दिएको समयसीमा भित्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १६९ सांसदसहित दावी पेस गरेका थिए । प्रक्रिया पुर्याएर आजै नयाँ प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्ति गर्न लागिएको बुझिएको छ ।
नयाँ प्रधानमन्त्रीको शपथग्रहण भने सोमबार हुने भएको छ । प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।
प्रतिक्रिया