आँधिखोला लघुवित्तले लाभांश वितरण गर्ने

आँधिखोला लघुवित्तले लाभांश वितरण गर्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । यस लघुवित्तको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।

साथै उक्त बोनस शेयर भुक्तानी गर्दा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आँधिखोलाको आगामी वार्षिक साधारण सभाले प्रस्तावित बोनस सेयरलाई अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।