काठमाडौं । कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य शाहलाई शपथ खुवाएका हुन् । ६६ वर्षीय शाह नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष समेत हुन् ।
कूल ४० सांसद रहेको कर्णाली प्रदेशमा उनी ज्येष्ठ सांसद हुन् । उनी दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए । ज्येष्ठ सदस्य शाहले आजै कर्णाली प्रदेश सभाका ३९ जना सांसदहरूलाई शपथ ग्रहण गराउनेछन् ।
प्रतिक्रिया