२५ पुसमा बस्ने गरी संसद अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

२५ पुसमा बस्ने गरी संसद अधिवेशन आह्वान गर्न सरकारको सिफारिस


ग्लोब नेपाल
135
Shares

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी गरेको छ । ‘सरकारबाट संसद अधिवेशन आह्वान गर्न पत्र आउँदैछ भन्ने जानकारी आएको छ,’ राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । 

पत्र आउनेबारे जानकारी आएको र आएपछि राष्ट्रपति कार्यालय निर्णय गर्ने उनले बताए । २५ पुसमा बस्ने गरी संसद अधिवेशन आह्वान गर्न सरकारले सिफारिस गर्न लागेको हो ।