मन्त्रिपरिषद् विस्तार गर्दा क्षमताका आधारमा गर्ने : गृहमन्त्री लामिछाने

मन्त्रिपरिषद् विस्तार गर्दा क्षमताका आधारमा गर्ने : गृहमन्त्री लामिछाने


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले मन्त्री बनाउँदा विषय विज्ञबाट हुनुपर्ने विषय उठेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले पार्टीमा भएका विषय विज्ञका आधारमा नेतृत्व दिनुपर्ने लामिछानेले बताए ।

अब मन्त्रिपरिषद् विस्तार गर्दा क्षमताका आधारमा गर्ने निर्णय भएको लामिछानेले बताए । मन्त्रिपरिषद् विस्तार विश्वासको मत लिएपछि हुन्छ वा पछि छलफल गरेर टुङ्गो लगाइने भएको छ । न्यूनतम् साझा कार्यक्रमका आधारमा राप्रपा समेत सरकारमा सहभागी हुने लामिछानेले विश्वास व्यक्त गरे ।