सात प्रदेशमा को–को बन्दैछन् मुख्यमन्त्री

सात प्रदेशमा को–को बन्दैछन् मुख्यमन्त्री


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । सात दलीय गठबन्धनले प्रदेश सरकारको विषयमा छलफल अगाडि बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटेर प्रदेश सरकारको भागबण्डाबारे छलफल गरेका थिए ।

छलफलमा भागबन्डाको प्रारम्भिक खाका तयार भएको छ । प्रारम्भिक खाकाअनुसार एमालेले चारवटा प्रदेश लिने छ भने दुईवटामा माओवादी र एउटामा जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आधा–आधा कार्यकाल दिने लगभग सहमति बनेको छ । एमालेले कर्णाली, बाग्मती, प्रदेश १ र गण्डकी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने माओवादीले लुम्बिनी र सुदूरपश्चिममा सरकारको नेतृत्व गर्नेछ । मधेशमा भने जसपा र जनमत पार्टीबीच आधा आधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति नजिक पुगेको बताइएको छ ।

यता, सुदूरपश्चिम सरकारको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको छ । साना दलको समेत समर्थन लिएर सरकार बनाएका कारण माओवादी र एमालेले कम्प्रमाइज गर्नुपर्ने कतिपय नेताको तर्क छ । यस आधारमा सुदूरपश्चिम प्रदेशमा पनि आधा÷आधा कार्यकालको विषय गठबन्धनको बैठकमा उठ्न सक्ने नेताहरू बताउँछन् ।

यो सहमति कार्यान्वयन भएमा एमालेबाट मुख्यमन्त्री बन्ने नाम फाइनल भइसकेको छ । प्रदेश १ बाट हिक्मतकुमार कार्की, बागमति प्रदेशबाट जगन्नाथ थपलियो, गण्डकी प्रदेशबाट खगराज अधिकारी र कर्णालीबाट यामलाल कणेल मुख्य मन्त्री बन्ने छन् ।

यस्तै माओवादीको भागमा परेको लुम्बिनी र सुदूरपश्चिममा पनि मुख्यमन्त्री बन्ने व्यक्तिको नाम लगभग फाइनलजस्तै छ । लुम्बिनीमा जोखबहादुर महरा र कर्णालीमा खगराज भट्टको नाम चर्चामा छ । मधेश प्रदेशमा जसपाबाट लालबाबु राउत र मनिष सुमनमध्ये एकजना र जनमत पार्टीबाट सरकार बने वसन्त कुस्वाह र संजय यादवमध्ये एकजना मुख्यमन्त्री बन्ने सम्भावना छ ।