नेकपा (एस) नयाँ शिराबाट अघि बढ्ने

नेकपा (एस) नयाँ शिराबाट अघि बढ्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आइतबार (आज) पनि बस्ने भएको छ। शनिबार केही नेताहरूले बोल्न बाँकी रहेपछि आज पनि बैठक बस्ने भएको हो । शनिबार १८ जना नेताहरूले समसामयिक राजनीति र अब के गर्ने भन्नेबारे धारणा राखेका थिए।

बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्य योजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे बताएका थिए । पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेन्डाका साथ देशव्यापी अभियान अगाडि बढाउन नेताहरूलाई उनले निर्देशन दिए।

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरेका थिए।