बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ


ग्लोब नेपाल
81
Shares

बारा । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका ३७ वर्षका लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो । 

चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको भनेर आफन्तले जानकारी दिएपछि उनलाई पक्राउ गरेको निरीक्षक ओलीले जानकारी दिए । 

जिल्ला अदालतबाट म्याद लिएर चौधरीमाथि जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक ओलीले बताए ।