सरकारलाई विश्वासको मत दिन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

सरकारलाई विश्वासको मत दिन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

आज बुधवार प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्रको) संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष नेपाललाई भेटेर सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।