न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिँदै सत्ता साझेदार दल

न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिँदै सत्ता साझेदार दल


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । सत्ता साझेदार दलहरूले साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने समय नजिकिएसँगै दलहरू न्यूनतम साझा कार्यक्रम आज टुङ्गो लगाउने कसरतमा जुटेका हुन् ।

हिजो बालुवाटारमा बसेको बैठकले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने लगायतका विषयमा कार्यक्रममा प्राथमिकताका साथ अगाडि बढाउने सहमति गरेका थिए । यस्तै सकेसम्म छिटो गठबन्धनले केन्द्रदेखि प्रदेशसम्मको भागबन्डाको टुङ्गो पनि लगाउने तयारी गरेको छ ।

मन्त्रालय फुटाउने पक्षमा सरकार छैन
सत्ता साझेदार दलका शीर्ष नेताहरुको बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

आजको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको उनले बताए । उनले मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।