‘एनआईबिएलग्रोथ फण्ड’मा आवेदन दिने आज अन्तिम दिन

‘एनआईबिएलग्रोथ फण्ड’मा आवेदन दिने आज अन्तिम दिन


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बै‌क लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएलम्युचुअल फण्ड”अन्तर्गत संचालन हुने पाँचौ योजना“एनआई बिएलग्रोथ फण्ड” को सार्वजनिक निष्काशन यहि पौष ७ गते बाट खुल्ला गरिएको थियो । हाल सम्मकै सबै भन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको “एनआईबिएलग्रोथ फण्ड”मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सार्वजनिक निष्काशनको १४औ दिन सम्ममा यस योजनाले कुल १६ करोड इकाई मध्ये करिब ४१ हजार बढी आवेदकहरु बाट करिव १२.३ करोड भन्दा बढिइकाईको लागी आवेदन प्राप्त गरिसकेको छ । वर्तमान तरलताको अवस्था तथा समग्र आर्थिक गतिविधीमा आएको सुस्तताकावावजुद यस यो जनामा आम लगानीकर्ताहरुले उत्साहकासाथ लगानी गरिरहेका छन् । निष्काशनको अन्तिम दिनमा समेत यस योजनामा अन्यदिनहरुमा जस्तै ,लगानीकर्ताहरुबाट उल्लेख्य आवेदन प्राप्त हुने विश्वास योजना ब्यवस्थापकले गरेको छ ।

यस “एनआई बिएलग्रोथ फण्ड” को आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ । यो जनाको अवधि भर यस यो जनाले बार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ । न्यूनतम रु. १ हजार देखि अधिकतमरु. १६ करोड सम्म लगानी गर्न सकिने यस योजनामा लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैकबाट वा मेरो शेयरमा लगईन गरी अनलाईनबाट नै पनि आवेदन दिन सक्न्छि ।

“एनआई बिएलग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचकृत भई योजनाको समयावधि सम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिनेछ ।