गठबन्धनबाट कांग्रेसलाई भएको नाफाघाटाबारे नेतृत्वसँग जवाफ माग (प्रतिवेदनसहित)

गठबन्धनबाट कांग्रेसलाई भएको नाफाघाटाबारे नेतृत्वसँग जवाफ माग (प्रतिवेदनसहित)


ग्लोब नेपाल
567
Shares

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन अनुमगन तथा तथा अनुशासन समितिले फरक एजेण्डा बोकेका दलसँग निर्वाचनमा गरिएको सहकार्यबाट भएको फाईदाबारे नेतृत्वसँग जवाफ माग गरेको छ । कांग्रेसको निर्वाचन अनुमगन तथा तथा अनुशासन समितिले फरक एजेन्डा बोकेका दलसँग सहकार्य गर्दा पार्टीलाई के फइदा भयो त्यसको जवाफ कार्यकर्तालाई दिनुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

समितिले आज पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउँदै यसको जवाफ दिन भनेको हो । सभापतिलाई बुझाएकाृ प्रतिवेदन आजै पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनमा ‘लोकतान्त्रिक पद्दति विकास सुरुवाती चरणमा रहेको वर्तमान अवस्थामा छुट्टाछुट्टै राजनैतिक सामाजिक र आर्थिक एजेन्डा बोकेका राजनीतिक दलका आ–आफ्नै नीति, कार्यनीति भएको हुँदा अन्य दलसँगको सहकार्यले नपोली कांग्रेसलाई केकति फाइदा वा क्षति भयो ? कार्यकर्तालाई यसको जवाफ दिनुपर्ने’ भनिएको छ ।

प्रतिवेदन