संसदको पहिलो बैठकका एजेण्डा तय गर्न जबराले डाके सर्बदलीय बैठक

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न जबराले डाके सर्बदलीय बैठक


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्बदलीय बैठक डाकिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ । बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।