रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, दियाे अग्राधिकार  

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, दियाे अग्राधिकार  


ग्लोब नेपाल
999
Shares

काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी नागरिकता लिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकाे नागरिकतासम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

यो आदेशसँगै तत्कालका लागि लामिछानेको मन्त्री र सांसद पद भने यथावत् रहने भएको छ । आदेश फैसलामा भनिएकाे छ– ‘अन्तरिम आदेश जारी नहुने, अग्राधिकार दिने ।’ कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दालाई अग्राधिकार मात्र दिएको हो ।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत: रद्द भएको तर उनले पुरानै नागरिकताले राहदानी बनाएको, नयाँ पार्टी दर्ता गरेको र चुनाव लडेको भन्दै मुद्दा परेको थियो ।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।