खुट्टा तानातानमा समय खेर फाल्नुको सट्टा राष्ट्रिय सहमतिको सरकार बनाऔँ: बाबुराम भट्टराई

खुट्टा तानातानमा समय खेर फाल्नुको सट्टा राष्ट्रिय सहमतिको सरकार बनाऔँ: बाबुराम भट्टराई


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खुट्टा तानातानमा समय खेर फाल्नुको सट्टा राष्ट्रिय सहमतिको स्थिर सरकारको माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले खुट्टा तानातानमा समय खेर फाल्नुको साटो संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले राष्ट्रिय सहमितको स्थिर सरकार बनाउनुपर्ने उल्लेख गरेका छन् । विश्वव्यापी आर्थिकमन्दी बढेको र नेपाल अल्प विकास र परनिर्भरताको दुष्चक्रमा फसिहेको अवस्थामा देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न नसक्ने उनको भनाइ छ ।

डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थिरताको चक्र थेग्न सक्दैन। अतःखुट्टा तानातानमा समय खेर फाल्नुको सट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि ?’