काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कि नदिने भन्नेमा नेताहरूले फरक फरक मत


ग्लोब नेपाल
729
Shares

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएको छ। बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउने र थप छलफल गर्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान पदाधिकारी बैठक बसेको थियो। शर्माका अनुसार आजै बिहान ११:३० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न काँग्रेसले एकपछि अर्को बैठक बोलाएको हो। काँग्रेसभित्र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कि नदिने भन्नेमा नेताहरूले फरक फरक मत राखिरहेका छन्। केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि आजै संसदीय दल बैठक पनि बस्नेछ।