प्रचण्डलाई विश्वासको मत दिने देउवाको प्रस्ताव

प्रचण्डलाई विश्वासको मत दिने देउवाको प्रस्ताव


ग्लोब नेपाल
972
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् ।

मङ्गलवार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताएका थिए । तर काँग्रेसका पदाधिकारीबीच एक मत हुन सकेन ।

विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए । तत्कालै केन्द्रीय समिति बैठक बस्न असम्भव भएकाले कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।