सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित


ग्लोब नेपाल
81
Shares

धनगढी । सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो । 

बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएएको थियो । 

पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रोपटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रोपटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले भने दुवैपटक २३ मत पाएका थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सो संख्या अपुग हुँदा सभामुख चयन हुन सकेको थिएन् ।