मधेस प्रदेशमा तीन पार्टीको सरकार, मुख्यमन्त्री यादवले लिए सपथ 

मधेस प्रदेशमा तीन पार्टीको सरकार, मुख्यमन्त्री यादवले लिए सपथ 


ग्लोब नेपाल
108
Shares

जनकपुर । मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ । नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रवार शपथ लिएका छन् ।

जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रवाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्री यादवले मन्त्रीपरिषद विस्तार गरी आजै तीन प्रदेश सांसदलाई मन्त्रीमासमेत नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिएका छन् । 

जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गरेका हुन् । तत्कालका लागि तीनै जना बिना बिभागियको रहेका छन् । मुख्यमन्त्री यादवका अनुसार उनीहरुलाई पछि जिम्मेवारी तोकिने छ ।