बाग्मती प्रदेशका सभामुख उम्मेदवार सायजुलाई तीन मत मात्रै 

बाग्मती प्रदेशका सभामुख उम्मेदवार सायजुलाई तीन मत मात्रै 


ग्लोब नेपाल
108
Shares

हेटौडा । बाग्मती प्रदेशको सभामुख निर्वाचनमा भएको मतदानमा नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले तीन मत मात्रै प्राप्त गरेकी छिन् । सायजुलाई सभामुख बनाउनका लागि भएको प्रस्तावमा तीन मत मात्रै प्राप्त गरे पछि उनलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ ।

सभामुख चयन गर्नका लागि आज बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सयजुको पक्षमा नेमकिपाका ३ प्रदेशसभा सदस्यले मात्रै मतदान गरेका थिए । उनलाई अन्य कुनै पनि दलवाट मत प्राप्त हुन सकेन । जारी बैठकमा सायुजुको विपक्षमा ९८ मत परेको थियो भने ७ जना सांसदले तटस्थ बसेका थिए ।