लमजुङमा कांग्रेसको संगठन विस्तार

लमजुङमा कांग्रेसको संगठन विस्तार


ग्लोब नेपाल
675
Shares

लमजुङ । नेपाली काँग्रेस लमजुङले संगठन विस्तार अभियानलाई अघि बढाएको छ । अभियानअन्तर्गत चुनावी समीक्षाका लागि प्रतिवेदन तयार गरेर बुझाउन जिल्लाका ८ वटै पालिकामा पदाधिकारी तथा नेताहरुलाई जिम्मेवारी तोकेर पठाएको छ । 

जिम्मेवारी पाएका नेतालाई कांग्रेस जिल्ला कार्यसमितिले यही माघ १४ गतेभित्रमा प्रतिवेदन तयार पारेर जिल्ला कार्य समितिमा पेस गर्न निर्देशन गरेको छ । उक्त प्रतिवेदनलाई जिल्ला कार्यसमितिको बैठकमा राखेर छलफल गरेर आवश्यक निर्णय गरेर अघि बढ्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले बेंसीसहर नगरपालिकामा उपसभापति आनन्द घिमिरे, मस्र्याङ्दी गाउँपालिकामा उपसभापति श्रीकान्त घिमिरे, राइनास नगरपालिकामा सचिव कृष्णबहादुर अधिकारी, सुन्दरबजार नगरपालिकामा सचिव विमल श्रेष्ठ, मध्यनेपाल नगरपकालिमा कोषाध्यक्ष सिर्जना गुरुङ, दोर्दी गाउँपालिकामा सहसचिव विश्वदेव पौडेल, क्व्होलासोंथार गाउँपाकिलामा प्रवक्ता गणेश गौली र दूधपोखरी गाउँपालिकामा सदस्य गमप्रसाद गुरुङलाई खटाएको छ । 

स्थानीय तहको प्रतिवेदन पेस भएपछि कांग्रेसले संघ, प्रदेश र स्थानिय निर्वाचनको सुक्ष्म समीक्षा गरी सकारात्मक साथै नकारात्मक विषय माथि छलफल गर्ने भएको छ । त्यसअघि शुभेच्छुक, भातृ, वडा, टोल, पालिका समितिहरुको क्रियाकलापको बारेमा छलफल समीक्षा गर्ने, वडा तथा पालिकाको विकाश निर्माणमा अत्यावश्यक पहिचान गरी सिफारिस गर्ने, स्थानिय जनप्रतिनिधिहरुको पार्टी प्रतिको जवाफदेहीता र समन्वयको बारेमा समीक्षा गर्ने, संगठन सुदृढिकरणको लागि आगामी रणनीति र कार्यनीतिबारे छलफल गरिने नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले बताए ।