संसदमा रघुवीरकाे प्रश्न- लक्ष्मी महतोलाई किन अपराधी भन्ने ?

संसदमा रघुवीरकाे प्रश्न- लक्ष्मी महतोलाई किन अपराधी भन्ने ?


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले लक्ष्मी महतो अपराधी नभएको जिकिर गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद महासेठले यस्तो जिकिर गरेका हुन् ।

‘लक्ष्मी महतोलाई किन अपराधी भन्ने ? उनी प्रधानमन्त्री बन्न सक्छन् । उनी लोकप्रिय नभएको महोत्तरीबाट चुनाव जितेर आउनु हुन्थ्यो। ओली, देउवा, नेपाल जेल गएका छैनन् र ? अहिलेका प्रधानमन्त्रीमाथी आतंककारीको आरोप लागेको थियो’, उनले भने।

यस्तै, महासेठले कोइरीको मुद्धामा एमालेले कुनै हस्तक्षेप नगर्ने भन्दै उनलाई लागेको मुद्धामा भने कुनै सत्यता नरहेको दाबी गरे । सांसद महतो पार्टीको सम्पर्कमा नभएको बताए । महतोलाई निवर्तमान सरकारले समाजसेवी पुरस्कार दिएको भन्दै उनले अपराधीलाई किन पुरस्कार दिइयो भनी प्रश्न समेत गरे।