एमाले र माओवादी केन्द्रबीच कर्णालीमा मन्त्रालयको मागबन्डा मिल्यो

एमाले र माओवादी केन्द्रबीच कर्णालीमा मन्त्रालयको मागबन्डा मिल्यो


ग्लोब नेपाल
81
Shares

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा मिलेकाे छ ।

मंगलबार दुई दलका प्रदेशका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको टुङ्गो लगाएका हुन् ।

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार, जलस्रोत तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति बैठकमा भएको छ ।

त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो ।

बुधबारसम्म मन्त्रिमण्डल विस्तार गरिने सहमति पनि बैठकमा भएको छ ।