काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काठमाडौंमा भएको कार्यक्रममा अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अरोप लगाउँदै उनले कार्यकर्ताहरुलाई उनीहरुको देखासिखी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्न निर्देशन दिएका छन् ।
समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न उनले निर्देशन दिदै उनले एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि बताए ।


प्रतिक्रिया