कर्णालीको मन्त्रिपरिषद्ले पायो पूर्णता (सूचीसहित)

कर्णालीको मन्त्रिपरिषद्ले पायो पूर्णता (सूचीसहित)


ग्लोब नेपाल
54
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शर्माले सात सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

बुधबार विस्तार भएको मन्त्रिपरिषद्‌मा नेकपा एमालेबाट निर्वाचित डोल्पाका जीतबहादुर मल्लले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जुम्लाका टेकराज पछाईले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि नै मन्त्री नियुक्त भइसकेका दैलेखका विनोददकुमार शाहले आर्थिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, माओवादीबाट निर्वाचित सुर्खेतका कृष्ण बहादुर जिसीले कानुन मन्त्रालय, मुगुका मंगलबहादुर शाहीले भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास र सल्यानका भीम प्रकाश शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीका शर्मा मुख्यमन्त्री पुस २७ गते नियुक्त भएका थिए। उनले पुस २८ गते एमालेका विनोदकुमार शाह र माओवादीका मंगलबहादुर शाहीलाई मन्त्री नियुक्त गरेपनि जिम्मेवारी तोकेका थिएनन् ।