राष्ट्रपतिको आयु लम्ब्याउने केपी ओलीको योजना सफल

राष्ट्रपतिको आयु लम्ब्याउने केपी ओलीको योजना सफल


ग्लोब नेपाल
999
Shares

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ र संविधानले ब्यवस्था गरेको राष्ट्रपतिको निर्वाचनको कानुनसम्बन्धीको दफाहरु एक आपसमा बाझिएका छन् । यसैमा खेलेर नेकपा एमालेका अध्यक्ष केपी ओली ऐन अनुसार माघ २८ अघि हुनुपर्ने निर्वाचनलाई फागुन २६ गते धकेल्ने सफल भएका छन् । उनले वर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारीको कार्यकाल लम्ब्याउन खोजेका हुन् । उनी याे याेजनामा सफल भएका छन् ।

नेपालको संविधानको भाग ६ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, योग्यता, पदावधिलगायतका व्यवस्थाहरू गरिएका छन् । उक्त भागको धारा ६१ मा राष्ट्रपतिको पदावधिसम्बन्धी व्यवस्था गरिएको छ । त्यसमा लेखिएको छ, “राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ ।” राष्ट्रपतिको पाँच बर्षे कार्यकाल फाल्गुन २८ मा सकिदैछ ।

याे याेजना सफल भएसँगै निर्वाचन आयोगलाई प्रभावमा पारी अध्यक्ष ओली संविधान मास्न उद्दत देखिएका छन् । उक्त धाराको उपधारा २ मा “उपधारा (१) बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म यस संविधान बमोजिम कार्य सम्पादन गर्नेछ ।” राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ मा राष्ट्रपतिको निर्वाचन मिति तोक्नेसम्बन्धी व्यवस्था गरिएको छ ।

उक्त दफाको उपदफा १ मा लेखिएको छ, ‘आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्नेछ ।’