आयोगले तोक्यो राष्ट्रपति निर्वाचनको मिति

आयोगले तोक्यो राष्ट्रपति निर्वाचनको मिति


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी गरेको छ । आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको स्रोतले जानकारी दिएको छ । आयोगमा भएको अनौपचारिक छलफलमा २६ गते शुक्रबार मतदानका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।

राष्ट्रपति निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिन लागेको हुँदा त्यसअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानमा पाँच वर्षको कार्यकाल हुने उल्लेख गरिएको भए पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनले एक महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने भनेको छ ।

एक महिना अघि नै निर्वाचन गर्दा दुईजना राष्ट्रपतिको व्यवस्थापनमा समस्या हुने भएकाले फागुनको अन्तिममा निर्वाचन गर्न लागिएको निर्वाचन आयोग स्रोतले बताएको छ ।