काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । अन्तिम दिनको सुनुवाइका लागि सर्वोच्च अदालतले तोकेबमोजिम रवि पक्षको बहस सकिएको छ ।
रिटकर्ताका तर्फबाट जवाफी बहस भइरहेको छ । लामिछानेले ७२ सालमै नेपालको नागरिकता प्रयोग गरी पासपोर्ट लिए पनि अमेरिकाको नागकिरता भने ०७५ साल असार ६ गते मात्र त्यागेको विवरण पेस गरेका छन् । उनले नागरिकता परित्यागको प्रक्रिया थालेको विवरण सरकारी संयन्त्रलाई जानकारी गराए पनि परित्यागको प्रमाणपत्र लिइसकेको जानकारी नगराएको रिटकर्ता पक्षले जनाएको छ ।
दुवै तर्फका कानून व्यवसायीहरुको अनुसार उक्त मुद्दामा आज फैसला आउने सम्भावना प्रवल छ ।


प्रतिक्रिया