गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, न्यायाधीशहरु जुटे फैसलाको तयारीमा

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, न्यायाधीशहरु जुटे फैसलाको तयारीमा

आजै फैसला आउने


ग्लोब नेपाल
378
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नागरिकता विवादमाथिको रिट सुनुवाइ सकिएको हो । संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्त, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका छन् ।

यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको छ । यससँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् ।

अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अदालतको आदेशानुसार सबै कागजात र विवरण अदालतमा पेश भएका थिए ।