राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने (कार्यतालिकासहित)

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने (कार्यतालिकासहित)


ग्लोब नेपाल
324
Shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोकेका हुन् । राष्ट्रिय सभा उपाध्यक्ष पद १ वर्षदेखि रिक्त छ । निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का‌ महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन् ।