रविले जितेकाे चिवतन २ मा फेरि प्रतिनिधिसभा चुनाव हुने

रविले जितेकाे चिवतन २ मा फेरि प्रतिनिधिसभा चुनाव हुने


ग्लोब नेपाल
864
Shares

काठमाडौं । चितवन २ मा फेरि प्रतिनिधिसभाको चुनाव हुने भएको छ । रवि लामिछानेले पेश गरेको नागरिकतालाई अवैधानिक ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेजीको माग गर्दै परेको रिट जारी गरेपछि चितवन २ मा पुनः चुनाव हुने भएको हो ।

उनले २०५० सालमा लिएको नागरिकता अमेरिकी नागरिकता लिएसँगै निष्क्रिय भए पनि नेपाल फर्केपछि त्यसलाई पुन सक्रिय गर्नुपर्ने भए पनि प्रक्रिया पुरा नगरेको ठहर संवैधानिक इजालसले गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिकले उनको सांसद पद खारेज गरेको हो । सांसद हुनका लागि नै अयोग्य भएको ठहर गरेसँगै उनको उपप्रधान एवं गृहमन्त्री, सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वत: खारेज भएको हाे ।