रविको पद गुमेपछि रास्वपा आन्तरिक छलफलमा

रविको पद गुमेपछि रास्वपा आन्तरिक छलफलमा


ग्लोब नेपाल
378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र सभापति पद खारेज भएपछि सो पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

रास्वपाकी सांसद समेत रहेकी नेतृ सोविता गौतमले सर्वोच्चको फैसला सवैले मान्नुपर्ने बाध्यता रहेको भन्दै कसरी अघि बढ्ने भन्नेबारे पार्टीमा छलफल हुने बताइन् ।

‘अदालतले गरेको फैसला नमान्ने भन्ने कुरा हुँदैन । तर अब हामी के कसरी अघि बढ्ने भन्ने विषयमा हामीले पार्टीमा छलफल गर्नुपर्नेछ । त्यसका लागि जुट्दैछौँ’, गौतमको भनाइ छ ।

लामिछानेको नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासले सुनुवाई सकेर शुक्रबार फैसला सुनाएको हो ।