राष्ट्रिय स्वतन्त्र पार्टी रहन्छ, रविको पद रहँदैन : निर्वाचन आयोग

राष्ट्रिय स्वतन्त्र पार्टी रहन्छ, रविको पद रहँदैन : निर्वाचन आयोग


ग्लोब नेपाल
378
Shares

काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत नरहने निर्वाचन आयोगले जानकारी दिएको छ । उनले पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता प्राप्त नगरेपछि पार्टी सभापति र सदस्यता समेत नरहने अवस्था आएको हो ।

उनी सभापति नरहे पनि संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने रहने छ । मुद्दामा निर्वाचन आयोग समेत विपक्षी भएकाले सर्वोच्च अदालतको संक्षिप्त आदेश निर्वाचन आयोगमा जान्छ । त्यसलगत्तै आयोगले निर्णय गरेर अभिलेखबाट उनको नाम र सदस्यता हटाउने बताइएको छ ।