यतिखेर म परिचय नभएको अनागरिक भएको छु : रवि लामिछाने

यतिखेर म परिचय नभएको अनागरिक भएको छु : रवि लामिछाने

'मसँग कुनै प्रश्नको जवाफ नै छैन'


ग्लोब नेपाल
270
Shares

काठमाडौं । सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन् । उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताएका छन् । उनले भने- ‘सर्वोच्चको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु’, उनले भने, ‘सर्वोच्च भन्दा माथिल्लो निकाय पनि कुनै छ र ?’

अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अदालतको फैसलाअनुसार म अनागरिक छु । मसँग कुनै प्रश्नको जवाफ नै छैन ।’

उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै सञ्चारकर्मीलाई प्रतिप्रश्न गरे । ‘अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ?’ उनले भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको छ ।