रविको पक्षमा काठमाडौंमा प्रदर्शन

रविको पक्षमा काठमाडौंमा प्रदर्शन


ग्लोब नेपाल
135
Shares

काठमाडौं । काठमाडौंको माइतीघरमा शनिबार रवि लामिछाने समर्थकहरूले प्रदर्शन गरेका छन् ।

समर्थकहरूले माइतीघर चोकबाट बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । त्यस क्रममा उनीहरूले ‘अदालतको सुनियोजित फैसला रद्द गर, भ्रष्टाचारीलाई कारबाही गर,’ लगायतका नारा लगाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले ​अत्याचारविरुद्ध विद्रोह गर्न आएको बताएका छन् । आफूहरू राष्ट्रवादी नेपाली भएको भन्दै उनीहरूको भीडले बानेश्वर-माइतीघर सडक भरिएको छ ।

हिजो सर्वोच्च अदालतले रवि लामिछानेलाई गैरनागरिक ठहर गर्दै उनले पाएको सबै सार्वजनिक पद खारेज गरिदिएको थियो । सर्वोच्चको फैसलापछि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद र गृहमन्त्री पद पनि गुमाएका छन् ।