काठमाडौं । सत्तासाझेदार दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोसिस भइरहेको बताएका छन् ।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ रहेको बताए ।
पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भीर रहेको भन्दै उनले त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढ्ने उल्लेख गरे ।


प्रतिक्रिया