राष्ट्रपतिमा एमालेले नै उम्मेदवार उठाउँछ : सुवास नेम्वाङ

राष्ट्रपतिमा एमालेले नै उम्मेदवार उठाउँछ : सुवास नेम्वाङ


ग्लोब नेपाल
540
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार उठाउने बताएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएकोले एमाले नै उम्मेदवार खडा गर्ने बताएका हुन् ।

नेम्वाङले राष्ट्रपतिकाे विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने जिकिर गरे ।

त्यस्तै उनले रवि लामिछानेमाथिको अदालतको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने टिप्पणी गरेका छन् । कानूनबमोजिम जो कोहीमाथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यका रूपमा लिन नहुने उनको भनाइ छ । नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने बताए ।